सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी

प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी

5355
Shares
प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी

प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्बत निर्वाचित भएका छन । काभ्रेको बनेपामा भएको सातौैं जिल्ला अधिबेशनबाट अधिकारीको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध चयन भएको हो।

संस्थाको उपाध्यक्षमा देबराज केसी, महिला उपाध्यक्षमा सम्झना हुमागाई, सचिव शुभराज अधिकारी, सहसचिव सचित खड्का, इन्द्र बहादुर थापा र कोषाध्यक्षमा सरोज अधिकारी निर्बिरोध चयन भएका हुन्।

यस्तै खुल्ला सदस्यमा राजन दाहाल, रोशन पौडेल, पुजन धिताल, रवि धिताल, शोभा हुमागार्इँ, पुरुषोत्तम ढकाल, विपाश्ना शाक्य, भक्त दाहाल, ज्योती श्रेष्ठ, रामचन्द्र रम्तेल र रामचन्द्र अधिकारी निर्वाचित भएका छन् ।

यता केन्द्रिय प्रतिनिधिमा भोला थापा,महेशराज पौडेल,बद्रीराज तिमल्सिना,कपिल कोईराला,नारायण सापकोटा,प्रदिप केसी,रघुनाथ हुमागाईँ,शिव दाहाल,सुर्य लोकजु,ज्ञानमणी नेपाल,शिखर चिमौरीया,शंकर अधिकारी,ईन्द्रलक्ष्मी घिमिरे र कविता शर्मा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै प्रदेश प्रतिनिधिमा नवराज सापकोटा,सरोज सापकोटा,राजेन्द्र तिमल्सिना,सुमन गिरी,सन्तोष तिमल्सिना,मोहनकृष्ण तिमल्सिना,रोशन तिमल्सिना,दिलिप आचार्य,पुरूषोत्तम ढकाल,दीपक चौलागाईँ,हिराकाजी लामा,दुर्गा घलान,जानुका खनाल र सनम सुवाल सर्वसम्मत चयन भएका हुन् ।

5355
Shares

ट्रेन्डिङ