सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा २१ बर्षीय युवतीले गरिन् क्वारेन्टाइनमै आ’त्मह’त्या, स्वास्थ्य चौर्की तो’डफो’ड

काभ्रेमा २१ बर्षीय युवतीले गरिन् क्वारेन्टाइनमै आ’त्मह’त्या, स्वास्थ्य चौर्की तो’डफो’ड

22135
Shares
काभ्रेमा २१ बर्षीय युवतीले गरिन् क्वारेन्टाइनमै आ’त्मह’त्या, स्वास्थ्य चौर्की तो’डफो’ड

काभ्रे :काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी एक युवतीले आ’त्मह’त्या गरेकी छन् । काभ्रेका एसपी रवीराज पौडेलका अनुसार दुबईबाट आएर क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झु’ण्डिएर शुक्रबार दिउँसो आ’त्मह’त्या गरेकी हुन् । एसपी पौडेलका अनुसार उनी ६ दिनदेखि सो क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

घ’टनाबारे जानकारी पाउने बित्तिकै प्र’हरीको टोली घटना स्थल पुगिसकेको र पोष्मार्टमका लागि श’वलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको एसपी पौडेलले बताए । क्वारेन्टिनमा बसेकै समयमा आ’त्मह’त्या गरेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने उनले बताए ।

‘वडा नम्बर ४ घर भएकी एक युवती दुबईबाट आएर ६ दिनदेखि स्वास्थ्यचौकीको छुट्टै भवनमा रहेको क्वारेन्टिनमा बस्दै आएकी थिइन् । सोही वडाका वडाध्यक्ष र एकजना कर्मचारीले उनको बसाइ, स्वास्थ्य अवस्था र खानपिनको बारेमा आजै जानकारी लिएको पनि थियो,’ गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले भने, ‘उनले कुनै पनि गुनासो नगरेको जानकारी मलाई वडाध्यक्ष ज्यूले दिनुभएको थियो । तर गाउँपालिकाको एउटा बैठक सकेर उठ्ने बेलामा उनले आ’त्मह’त्या गरेको खबर पाएँ ।’

क्वारेन्टिन व्यवस्थापनमा लापरबाही भएका कारण उनले आ’त्मह’त्या गर्न बाध्य बनेको भन्दै मृ’तकको आफन्तले स्वास्थ्य कार्यालयमा आ’क्रमण गरेका थिए । आ’क्रोशित भिडले स्वास्थ्य कार्यालयको झ्याल ढोका तोडफोड गर्नुका साथै भण्डारण गरी राखेको औषधि फालिदिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

22135
Shares

ट्रेन्डिङ