सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • पलाञ्चोक भगवती खाँडादेवी मन्दिरको दानपेटिका चोरी गर्ने खुलाल पक्राउ

पलाञ्चोक भगवती खाँडादेवी मन्दिरको दानपेटिका चोरी गर्ने खुलाल पक्राउ

220
Shares
पलाञ्चोक भगवती खाँडादेवी मन्दिरको दानपेटिका चोरी गर्ने खुलाल पक्राउ

काभ्रे :– २०७९ कार्तिक १६ काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा अवस्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरको दानपेटिका फोडी नगद चोरी भएको थियो। रातको समयमा भएको उक्त घटनामा करिब ७०,००० रुपैयाँ बराबरको नगद रकम चोरी भएको प्रहरीले जनाएको थियो।

घटनापछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सोही प्रकृतिको अर्को चोरीमा संलग्नता रहेको आशंकामा रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–७ मा अवस्थित खाँडादेवी मन्दिरको दानपेटिका चोरीको आरोपमा थुनामा रहेका एक व्यक्तिको संलग्नता पुष्टि भएको हो।

रामेछाप कारागार कार्यालयमा थुनामा रहेका खानीखोला गाउँपालिका–७ स्थाई घर भएका वर्ष ३० का रविन खुलालले चोरीमा संलग्न रहेको स्वीकार गरेका छन्। प्रहरीले थप अनुसन्धानका लागि बयान लिने कार्य भइरहेको जनाएको छ। यस घटनाले धार्मिक स्थलहरूमा सुरक्षा व्यवस्थाको सवाल फेरि उठाएको थियो। स्थानीय बासिन्दाहरूले मन्दिरहरूको निगरानी र सुरक्षा कडा बनाउन माग गर्दै आएका थिए।

220
Shares

ट्रेन्डिङ