सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • सोनाम ल्होछारको अवसरमा नवलपुरमा सांस्कृतिक कार्यक्रम हुने

सोनाम ल्होछारको अवसरमा नवलपुरमा सांस्कृतिक कार्यक्रम हुने

6050
Shares
सोनाम ल्होछारको अवसरमा नवलपुरमा सांस्कृतिक कार्यक्रम हुने

सिन्धुपाल्चोक, पुस ३०: २८५४ औं सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित नवलपुरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ। नवलपुर युनाइटेड क्लबको आयोजनामा यहि माघ २२ गते कन्सर्ट हुन लागेको छ। कन्सर्टमा बरिस्ठ सेलो पप गायक रोज मोक्तान ,जितु लोप्चन, शशिकला मोक्तान, निर्मला घिसिङ, प्रयास दोङ, विशाल कल्तान, आशमान लोप्चन र साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।

तामाङ समूदायको संस्कृति संरक्षण र सम्वर्द्धनका लागि ल्होछार कन्सर्ट आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चिन लामाले बताए। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको क्लबका कोषाध्यक्ष फुलमान तामाङले दिए। उक्त कन्सर्ट को प्रायोजन भने वल्ड ट्रेल फाइन्डरका प्रोपाइटर सुदिप मोक्तान ले गरेका हुन। साथै क्लब यसघी प्रथम ६ नम्बर ईलाका इस्तरिय फुटबल प्रतियोगिता ,नवलपुर क्षेत्रीय गोल्डकप र यसैपाली सिन्धुपाल्चोक प्रथम जिल्ला स्तरिय टुर्नामेन्ट आयोजना गरिसकेको छ।

6050
Shares

ट्रेन्डिङ