छ महिनादेखि पाँचखाल ‘जियोफिजिकल सर्वे’ प्रतिवेदन कुर्दै विभाग
काभ्रेपलाञ्चोक, २९ कात्तिक: पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको नौ महिना भयो । बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत फागुनमा गरिएको सर्वेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाइएको थियो । बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमाली, वासुकी स्थान, माल्टार, कञ्केश्वर […]