सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा करेन्ट लागेर ज्यान गुमाएका शुशिलको परिवारका लागि सहयोग कोष स्थापना

काभ्रेमा करेन्ट लागेर ज्यान गुमाएका शुशिलको परिवारका लागि सहयोग कोष स्थापना

7560
Shares
काभ्रेमा करेन्ट लागेर ज्यान गुमाएका शुशिलको परिवारका लागि सहयोग कोष स्थापना

काभ्रे : काभ्रेमा विद्युत प्राधिकरणको लापरवाहीले गर्दा ज्या न गु मा एका लेखनाथ (शुसिल )घिमिरेको परिवारलाई सहयोग गर्नका लागि लेखनाथ घिमिरे (शुसिल) स्मृती सहयोग कोष स्थापना गरिएको छ ।

प्राधिकरणको चरम लापरवाहीका कारण जिल्लाको पनौति नगरपालिका वडा नं ३ का २० वर्षिय शुसिलको गत बुधबार साँझ करेन्ट लागेर मृ त्यु भएको थियो । पी डि त परिवारको पी डामा मल्हम लगाउन उक्त कोष स्थापना गरिएको कोषका संयोजक बालचन्द्र आचार्यले जानकारी दिए ।

उनले कोष स्थापना भएको जानकारी गराउँदै सहयोगका लागि सबैलाई आह्वान गरेका छन् । शुसिलको श व पाँचदिन पछि हिजोे आफन्तले बुझेका छन् ।
पनौती २ कुशादेवीमा पुरै गाँउमा बत्ती गएपछि घिमिरे बत्ती बनाउन त्यहाँ गएका थिए ।

स्थानीयले बनेपा विद्युत् प्राधिकरणलाई पहिले नै बत्ती काट्न जानकारी पनि गराइसकेका थिए । तर जानकारी गराएरै ट्रान्समिटरमा बत्ती बनाउन गए पनि बिना सूचना विद्युत् प्रवाह गर्दा उनको करेन्ट लागेर मृ त्यु भएको थियो ।

7560
Shares

ट्रेन्डिङ