वैशाख, २७, काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । युवाहरुको एउटा समूहले प्रदर्शन गरेको हो ।
नाराबाजी गर्दै माइतिघर पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता नारा लगाएका थिए ।

-अनलाइनखबर