सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन

बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन

2820
Shares
बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन

काठमाडौं,वैशाख १० : प्रतिनिधिसभाका तीन रिक्त स्थानमा आइतबार उपनिर्वाचन हुँदैछ। तनहुँ निर्वाचन क्षेत्र नं. १, चितवन निर्वाचन क्षेत्र नं. २ र बारा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भइ मतदान गर्न मतदाता समक्ष अपिल गरेको छ।

जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको छ। मतदानको समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई निर्देशन दिएको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

2820
Shares

ट्रेन्डिङ