सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • दशगजामा गोली चल्यो, सशस्त्रको हतियार खोस्ने प्रयास

दशगजामा गोली चल्यो, सशस्त्रको हतियार खोस्ने प्रयास

8385
Shares
दशगजामा गोली चल्यो, सशस्त्रको हतियार खोस्ने प्रयास

काठमाडौं : सर्लाहीको दशगजामा सशस्त्र प्रहरी र भारतबाट आएको एउटा समूहबीच झडप भएको छ। बिहान साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडीस्थित दशगजा इलाकामा बोर्डर आउट पोष्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ।

३०/४० जनाको समूहमा आएकाहरुले सशस्त्र प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेकाले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको थियो। अहिले अवस्था सामान्य प्रहरीले जानकारी दिएको छ।

‘भारतबाट सामान लिएर एक जना नेपाल प्रवेश गर्न खोजेका थिए। हाम्रो टोलीले फर्कायो,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविनकुमार श्रेष्ठले भने, ‘त्यसपछि उसले गाउँबाट ३०/४० जना लिएर सशस्त्रमाथि हुलहुज्जत गर्न खोजेपछि गोली चलाएको हो।’

8385
Shares

ट्रेन्डिङ