कैलालीमा राजमार्गमा विस्फोट : चार जना घाइते
धनगढी । सुदूरपश्चिमको भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको चुरे गाउँपालिका–३ भासुभिरनजिकै बुधबार साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् । सडक खन्ने क्रममा उक्त विस्फोट भएको हो । घाइते हुनेमा एक्स्काभेटर चालक डडेलधुरा आलीताल–८ का २४ वर्षीय विकाश थापा, कैलालीको चुरे ३ का ४५ वर्षीय बसन्त खडायत, सुर्खेत घर भई हाल कञ्चनपुर बस्ने रोलर अपरेटर […]