सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • १२ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ

१२ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ

1370
Shares
१२ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ

अछाम | अछामको मंगलसेन नगरपालिका-१४ मा १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठकले बताए।

बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी छन्। आरोपित बुवालाई शनिबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताए।

बलात्कृत नाबालिकको शनिबार नै स्वास्थ्य परीक्षण भइसकेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको छ।

1370
Shares

ट्रेन्डिङ