सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • साथीको हत्या अभियोगमा युवक पक्राउ

साथीको हत्या अभियोगमा युवक पक्राउ

1250
Shares
साथीको हत्या अभियोगमा युवक पक्राउ

संखुवासभा | संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा साथीको हत्या गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन्।

सभापोखरी–२ ज्यामिरेका २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको अभियोगमा एकजना युवक पक्राउ परेका हुन्। गतराति आपसी विवादको क्रममा सहनसिंले धारिलो हतियार खुकुरी प्रहार गर्दा रविन गम्भीर घाइते भएका थिए।

पक्राउ पर्नेमा सभापोखरी–२ ज्यामिरेकै २६ वर्षीय सहनसिं राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

गम्भीर घाइते भएका रविनको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।

रविनको शनिबार दिउँसो १२ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। हत्यामा संलग्न भएको आरोपमा सहनसिंलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

1250
Shares

ट्रेन्डिङ