बजेट बनाउनुअघि नमोबुद्धमा योजना तर्जुमा गोष्ठी
काभ्रे : आगामी आर्थिक बर्षको बजेट निर्माणअघि नमोबुद्ध नगरपालिकाले योजना तर्जुमाका विषयमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ । नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडा सचिव लगायतलाई बजेट निर्माणको प्रक्रिया लगायतका विषयमा जानकारी गराउने उद्देश्यले विज्ञहरुसहितको सहभागितामा गोष्ठी आयोजना गरिएको हो । आज बिहीबार सम्पन्न गोष्ठीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाल […]