सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • रोशी-११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

रोशी-११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

2155
Shares
रोशी-११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

काभ्रे जिल्लाको रोशी गाँपालिका वडा नं. ११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भएको छ । शुक्रबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा प्रसारण लाईनको शुभारम्भ गरेका हुन् ।

सो वडाको छहरे, भैसे, पौवा, भदौरे, मानेगाँउ, अमलाबासको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भएको हो । वडामा करिब एक हजार घरधुरी रहेकोमा हालसम्म ६ सय १२ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भईसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले जानकारी दिएका छन् । उनका अनुसार अब करिब ७८ घरधुरीमा लाईन जडान गर्न बाँकी रहेको छ भने अन्य घरधुरीमा सामुदायिक विद्युतिकरणद्वारा विद्युत जडान गरिएको छ ।

राष्ट्रिय प्रसारण शाखा लाईन बिस्तारको लागि ३ करोडमा ठेक्का सम्झौता भएको थियो । लाईन बिस्तारका लागि शान्ति समिर कन्स्ट्रक्सनले ठेक्का पाएका थिए । ३० किलो मिटर एबिसि केवुल, ७४० वटा ८ मिटरको स्टिल पोल, ४ वटा ट्रान्सफर र प्रोजेक्टबाट अन्य थप गरी शाखा लाईन बिस्तार गरेको नेपाल विद्युत प्राधिकरण बनेपा शाखाले जनाएको छ ।

सो वडाका स्थानीयहरूलाई रोशी गाउँपालिकाले निशुल्क विद्युत मिटर वितरण गरेको छ । त्यसको लागि गाउँपालिकाले ६ लाख खर्च गरेको वडाध्यक्षले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लामाले वडा नंं. ११ को वडा कार्यालयको एमसिबी अन गरेर राष्ट्रिय प्रसारण लाईनको उद्धघाटन गरेका छन् । यस अघि वडा कार्यालयमा सौर्य सोलार मार्फत काम गर्दै आएका थिए । प्रसारण लाईन जडान भएपछि वडाध्यक्ष लालकुमार पाख्रिन खुसी हुदै गाउँपालिका र विद्युत प्राधिकरणलाई धन्यवाद व्यक्त गरेका छन् । ‘अज म अति नै खुसी छु ।

राष्ट्रिय प्रसारण लाईन जडान भएको छ । अब वडाबाट जनताको काम सहज रुपमा गर्न सक्ने भएको छ ।’ उनले भने, ‘नत्र आकाशमा वादल छायो की डर लाग्थ्यो । कही सोलार चर्ज सकेर काम रोकिने हो की भन्ने डर लाग्थ्यो ।’

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस रोशीका सभापति दुधराज लामा, नेपाली कांग्रेस रोशी वडा नं. ११ का सभापति मिनबहादुर रुचाल, नेपाल विद्युत प्राधिकरण बनेपा शाखाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

2155
Shares

ट्रेन्डिङ