मध्यराति कम्बल बोकेर सडकमा निस्किए धुर्मुस
जनकपुरधाम : मंगलबार राति तापक्रम शुन्यमा झरिरहँदा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ जनकपुरको सडक पेटीमा गरिब र असहायलाई खोज्दै हिँडिरहेका थिए । उनले रातिनै खुला आकाशमुनि शीतलहरको मारमा रहेका रोगी, अनाथ, अपांग र वृद्धवृद्धालाई कम्बल ओडाएका छन् । उनी मंगलबार राती करिब १० बजे जनकपुरका दुई सञ्चारकर्मी शैलेन्द्र महतो र सन्तोष सिंहका साथ कम्बल बोकेर सडकमा […]