सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • लोक सेवाले माग्यो ४३७ जना नायब सुब्बा नायब सुब्बा बन्ने अवसर

लोक सेवाले माग्यो ४३७ जना नायब सुब्बा नायब सुब्बा बन्ने अवसर

6030
Shares
लोक सेवाले माग्यो ४३७ जना नायब सुब्बा नायब सुब्बा बन्ने अवसर

काठमाडौं । सरकारी जागिर खाने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने लोक सेवा आयोगले आज बिज्ञापन प्रकाशत गर्दै देशका विभिन्न कार्यालयमा ४३७ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।

 

आयोगद्वारा प्रकाशित गरेको सूचनामा पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा, मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौं, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत र सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

 

सूचनाअनुसार पूर्वाञ्चलमा न्याय, प्रशासनतर्फ ८६ जनाको आवेदन माग गरेको छ । यस्तै मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौंमा कुल १६१ जना, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरामा १११ जना, मध्यपश्चिम क्षेत्रीय कार्यालयमा ५७ जना र सुदूरपश्चिम क्षेत्रीय कार्यलय दिपायलमा २२ जना गरी कुल ४३७ जनाका लागि विभिन्न पदमा आवेदन माग गरेको हो ।

हेर्नुस् आयोगको सूचना

 

 

-प्रसासन ड्ट कम बाट

6030
Shares

ट्रेन्डिङ