सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भकुण्डेबेशी जेसिजको छैठौं पदस्थापना सम्पन्न ,बक्तृत्वकला प्रतियोगितामा जनककी सन्जु प्रथम

भकुण्डेबेशी जेसिजको छैठौं पदस्थापना सम्पन्न ,बक्तृत्वकला प्रतियोगितामा जनककी सन्जु प्रथम

5725
Shares
भकुण्डेबेशी जेसिजको छैठौं पदस्थापना सम्पन्न ,बक्तृत्वकला प्रतियोगितामा जनककी सन्जु प्रथम

माघ १५ ,भकुण्डेबेशी÷भकुण्डेबेशी जेसिज र भकुण्डेबेशी जुनियर जेसिजको छैठौं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । भकुण्डेबेशीमा आयोजना गरिएको पदस्थापना कार्यक्रमको उद्घाटन नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाले गरेका थिए । उद्घाटन गर्दै मेयर शर्माले भकुण्डेबेशी जेसिजको लागि नगरको तर्फवाट जेसिज सचिवालय भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बर्ष २०१७ का अध्यक्ष कपिल कोईरालाले बर्ष २०१८ का अध्यक्ष रुक्मणी सिग्देललाई अध्यक्षिय माला तथा पद हस्तान्तरण गरेका थिए । त्यस्तै भकुण्डेबेशी जुनियर जेसिज बर्ष २०१७ का अध्यक्ष मिना श्रेष्ठले बर्ष २०१८ का अध्यक्ष विनिता अधिकारीलाई अध्यक्षिय माला तथा पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बर्ष २०१७ का अध्यक्ष कपिल कोइराला, बर्ष २०१८ का अध्यक्ष रुक्मणी सिग्देल, र जेसिज बर्ष २०१७ का अध्यक्ष मिना श्रेष्ठ, बर्ष २०१८ का अध्यक्ष विनिता अधिकारी लगायतले जेसिज अभियान बारे मन्तब्य राखेका थिए । कार्यक्रममा भकुण्डेबेशी जेसिजले नन्दिकेशर तिमल्सिनाको स्मृतिमास्थापना गरेको पुरस्कार यस पटक देखि नमोबुद्ध नगरपालिका भित्र १८–४० उमेर समुहले सञ्चालन गरेको उद्यमशिलताको कदर गर्दैै उत्कृष्ठ युवा उद्यमीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नमोबुद्ध नगरका मेयर टिपी शर्मा तिमल्सिनाले युवा उद्यामी अशोक भुजेललाई दोसल्ला, सम्मानपत्र र नगद बाट सम्मान गरे । भुजेल पन्चकन्या पशुपालन तथा कृषी फार्मका सञ्चालक हुन । कार्यक्रममा भकुण्डेबेशी जेसिज बर्ष २०१७ का कार्यकारी उपाध्यक्ष श्रीकृष्ण अधिकारी र २०१७ का उपाध्यक्ष श्रीहरी अधिकारीले समेत मन्तब्य राखेका थिए ।

बक्तृत्वकला प्रतियोगितामा जनककी सन्जु प्रथम

भकुण्डेबेशी÷भकुण्डेबेशी जेसिजको पदस्थापना कार्यक्रमको अवसरमा नमोवुद्ध नगर भित्रका अन्तर मावि बक्तृत्वकला कार्यक्रम आयोजना गरिएको छ । ‘बातावरणमैत्री नमोबुद्ध नगर निर्माणमा अवसर र चुनौती’ विषयक बक्ृत्वकलामा जनक मावि की छात्रा सन्जु सुन्दास प्रंथम भएकी छिन् । त्यस्तै द्वितीय लक्ष्मीनारायण मा बि कि पूजा पाण्डे र तृतीय जनहित मा बि कि सुजता खनाल छन् ।

प्रथमलाई नगद ३ हजार सहित प्रमाणपत्र, द्धितियलाई नगद २ हजार सहित प्रमाणपत्र र तृतिय हुनेलाई १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विजयी तथा सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नमोबुद्ध नगरका मेयर टिपी शर्मा तिमल्सिनाले नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । बक्तृत्वकलामा सहभागिहरुको जज चैतन्य क्याम्पसका प्राध्यापक भोला केसी र उपप्राध्यापक सेमन्त भण्डारीले गरेका थिए ।

 

-काभ्रे सन्देश साप्ताहिक बाट

5725
Shares

ट्रेन्डिङ