माघ १५ ,बनेपा÷थोकर फिल्मस प्रालिको आयोजनामा सगरमाथा आरोहरण गर्न लागेकी काभ्रे रोशी गाउँपालिका वडा नं. ११ की एक महिलालाई सहयोगार्थ उठाउन लागेको छ । थोकर फिल्मस प्रालिका प्रोपाईटर, तामाङ चलचित्रका खलनायक एवं कान्तिपुर टेलिभिजन बाट प्रसारण भई रहेको चर्चित कार्यक्रम रिसाएनी माफ टेलिसिरियलका थोकर दादा बाट परिचित विकु थोकरले सगरमाथा आरोहरण गर्न लागेकी शार्मिला लामा तामाङलाई सहयोगका लागि आव्हान शुरु गरेका छन् ।
शानिबार थोकर फिल्मस प्रालिले काठमाडौमा चियापान आयोजित कार्यक्रम गरि थोकर फिल्मस प्रालिको तर्फबाट ५१ हजार १ सय रुपयौ राखि शुरु गरेको अभियानमा २ लाख ९८ हजार २ सय रुपयाँ रकम उठाएको छ । सगरमाथा आरोहरणका लागि आयोजित चियापानामा पूर्व संसाद तिर्थ लामा १ लाख ५१ हजार, समाजसेवी सिबि लामाले ४० हजार, समाजसेवी बिष्णु लामाले १५ हजार, कलाकार पदम दोङ (आलेक्स) १० हजार १ सय , समाजसेवी खट्का जित लामा १० हजार ५सय, समाजसेवी आशाकाजी महर्जन १० हजार र समाजसेवी कुमार थोकर १० हजार ५ सय रकम जम्मा गरेको छ ।
कार्यक्रममा पूर्व संसाद तिर्थ लामा नायक अमृत लामा, नायक रमेश उप्रेती, साहित्यकार मीन सगार लामा लगायतले थोकर फिल्मस प्रालिको अभियानमा सबैले साथ दिनु पर्ने बताएका थिए । थोकर फिल्मस प्रालिका प्रोपाइटर विकु थोकरले आफ्नो सानो अभियानले सगरमाथा आरोहरण गर्न सहयोग पुगोस् भन्ने उदेद्दयले आफुले यो अभियान शुरु मात्र गरेको बताए ।
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ की शार्मिला लामाले यो भन्दा अगाडि अन्य हिमाल चढिसकेकाले अब सगरमाथा आरोहरण गर्न इच्चा गरेकाले उनका लागि सहयोगका लागि थोकर फिल्मसले सहयोगका लागि अभियान शुरु गरेको थोकरले बताए । शानिबार काठमाडौ बाट शुरु गरिएको अभियान यहि फागुन १२ गते सम्म विभिन्न नगरपालिका र गाउँपालिकामा सास्कृतिक कार्यक्रम गरि सहयोग उठाउने तयारीमा लागेको खलनायक एवं कलकार विकु थोकरले जानकारी दिए ।
-काभ्रे सन्देश साप्ताहिक बाट