सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मध्यराति कम्बल बोकेर सडकमा निस्किए धुर्मुस

मध्यराति कम्बल बोकेर सडकमा निस्किए धुर्मुस

6710
Shares
मध्यराति कम्बल बोकेर सडकमा निस्किए धुर्मुस

जनकपुरधाम : मंगलबार राति तापक्रम शुन्यमा झरिरहँदा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ जनकपुरको सडक पेटीमा गरिब र असहायलाई खोज्दै हिँडिरहेका थिए । उनले रातिनै खुला आकाशमुनि शीतलहरको मारमा रहेका रोगी, अनाथ, अपांग र वृद्धवृद्धालाई कम्बल ओडाएका छन् ।

उनी मंगलबार राती करिब १० बजे जनकपुरका दुई सञ्चारकर्मी शैलेन्द्र महतो र सन्तोष सिंहका साथ कम्बल बोकेर सडकमा निस्केका थिए । धुुर्मसले जानकी मन्दिर परिसरमा चिसोले कामिरहेका करिब १५ जनालाई कम्बल ओढाएका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले शीतलहर सुरु भएदेखिनै प्रभावित बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा , सिरहा जिल्लाका दलित एवं विपन्न बस्तीमा कम्बल वितरण गर्दै आएको छ । मंगलबार मात्रै महोत्तरीको बथनाहामा २ सय दलित एवं विपन्न घरपरिवारलाई धुर्मुस आफँै पुगेर कम्बल वितरण गरेका थिए ।

ईन्जिनियरिंग एसोसिएसनका उपमहासचिव रविभुषण झाको समन्वयमा कम्बल वितरण गरिएको हो ।हालसम्म २५ सय घरपरिवारलाई सहयोग गरिसकेको फाउण्डेशनका अध्यक्ष समेत रहेका धुर्मुसले बताए ।

-अनपुण पोस्ट बाट

6710
Shares

ट्रेन्डिङ