छिचोलियो तामाकोसी सुरुङ: मुख्य सुरुङ ब्रेक थ्रु , अर्को पुसदेखि उत्पादन
काठमाडौं, मङ्सिर ४ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको महत्वपूर्ण सफलतामध्येको मुख्य सुरुङ अर्थात हेडरेस टनेलको ब्रेक थ्रु भएको छ ।दोलखाको विगु गाउँपालिकास्थित चार सय ५६ मेगावाटको उक्त आयोजनाको १८ दशमलव ३६ किलोमिटर सुरुङमध्ये जोखिम र महत्वपूर्ण मानिएको हेडरेस, भर्टिकल साफ्टसहितको सुरुङ आइतबार ब्रेकथ्रु भएको हो । योसँगै आयोजनाको ९२ प्रतिशत कार्य पूरा भएको छ । […]