व्यापारीको सांसद बन्ने सोख
काठमाडौँ, कात्तिक २२ । दोस्रो संविधानसभामा सरकारले सांसद मनोनित (चौबीस जनामध्ये) गरेपछि व्यापारी अनिल रुंगटालाई राजनीतिको यस्तो चस्का लाग्यो, उनी यसपालि कांग्रेसको टिकटमा पर्सा-१ मा प्रतिनिधि सभाको उम्मेदवार भएका छन् । कांग्रेसको समानुपातिकतर्फको सूचीमा रहेको आफ्नो नाम हटाउन लगाएर उनी प्रत्यक्षमा जोखिम मोलिरहेका छन् । डन्डी, पाइपलगायत फलामजन्य उद्योगमा जमेका रुंगटालाई राजनीतिको चस्का किन त […]