सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश दौडाहामा शीर्ष नेताः को कहाँ पुगे ?

देश दौडाहामा शीर्ष नेताः को कहाँ पुगे ?

2710
Shares
देश दौडाहामा शीर्ष नेताः को कहाँ पुगे ?

काठमाडौँ, कार्तिक ३० । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडों छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् ।

शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडों छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडोंबाहिर पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति शेरबहादुर देउवा महेन्द्रनगर पुगेका छन् भने बाम गठबन्धनमा आबद्ध नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल गोरखा र लम्जुङ पुगेका छन् । उनीहरु बुधबार बिशेष पत्रकार सम्मेलनका लागि काठमाडें आएका थिए ।
-नागरिक

2710
Shares

ट्रेन्डिङ