सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भारतीय मिडियाले लेख्यो ‘चिनीयाँ आउट भारतीय इन’

भारतीय मिडियाले लेख्यो ‘चिनीयाँ आउट भारतीय इन’

2725
Shares
भारतीय मिडियाले लेख्यो ‘चिनीयाँ आउट भारतीय इन’

काठमाडौँ, कार्तिक ३० । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् । टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन (सिजिजिसी) लाई दिने समझदारी रद्ध गरेको दाबी गरेको छ ।

त्यहाँ लेखिएको समाचारमा सिजिजिसीलाई आउट गरेर भारतीय सरकारी कम्पनीलाई इन गराउने तयारी स्वरुप सम्झौता रद्ध पारिएको उल्लेख छ । त्यसबेला लाइसेन्स दिने र अहिलेके खारेजी दुवै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हाबी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको समाचारमा उल्लेख छ ।
-नागरिक दैनिक

2725
Shares

ट्रेन्डिङ