सबैको समाचार
बुधबार, फाल्गुन २८, २०८१
  • होमपेज
  • देशका एक अर्का कै प्रतिस्पर्दी पार्टी एक ठाउमा हुदा सकारात्मक सन्देश प्रवाहा भएको छ : सभापति देउवा

देशका एक अर्का कै प्रतिस्पर्दी पार्टी एक ठाउमा हुदा सकारात्मक सन्देश प्रवाहा भएको छ : सभापति देउवा

धुलिखेलमा वी.पी.को प्रतिमा अनावरण

505
Shares
देशका एक अर्का कै प्रतिस्पर्दी पार्टी एक ठाउमा हुदा सकारात्मक सन्देश प्रवाहा भएको छ : सभापति देउवा

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा निर्माण गरिएको महामानव वी.पी. कोइरालाको प्रतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गर्नु भएको छ ।

‘महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समिति’ र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा निर्माण गरिएको प्रतिमा पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले अनावरण गर्नु भएको हो।

सोहि सभालाई सम्बोधन गर्दै विपी पुत्र एवं पुर्व महामन्त्री शशाक कोईरालाले अहिले पार्टीमा सबै बुडालाई मात्र अवसर दिएको र बुढालाई मात्र सम्बोधन गरिएको बताउनु भयो। कोईरालाले युवालाई प्रोत्साहन गर्न सुझाब ब्यक्त गर्नु भयो । हामी त छौ कति दिन छौ । विपिलाई पुजेर हुन आदर्शलाई बुझौ । ७० बर्ष प्रयास गरेर बल्ल संविधान दियौ । हामी कहिले आफ्नो खुट्टामा उभिने र उझिएर ठेगान लगाउनु पर्छ ।र विपीकै पदमा हिड्नु पर्ने तर्क ब्यक्त गर्नु भयो।

वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्दै देउवाले भने अहिले दुई ठुला दल जो आफैमा एक अर्काका प्रतिस्पर्दी हुन् उहिहरुकै मिलन बाट बनेको सरकार संगै सकारात्मक संदेश प्रबाहा भएको वताएउनु भयो। संगै पार्टीमा हामिले काम गर्नु पर्यो काम देखाउनु पर्यो । सम्पुर्ण जिम्मेवारी हाम्रो काधमा आएको हुदा ,काम गर्नु पर्यो र जनाताको मन जित्नु पर्यो। प्रतिस्पधि पार्टी मिलेर देशभर सकारात्मक सन्देस दिएको छ । काग्रेसले काम गर्नु पर्यो र जनताको मन जित्नु पर्यो । सबै ठाउका काम विकास योजना भएका कार्य गर्नु पर्छ । दुख पाएका नागरिकको पछ्मा काम गर्नु पर्यो जनता पनि हाम्रो पछ मा हुनेछन ।
न १ पार्टी बन्नका लागि काम गर्न सबै कार्यकर्ता तथा नेतालाई सुझाब समेत ब्यक्त गर्नु भएको थियो। अहिलेको व्यवस्थामा कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गार्हो छ। र तै गार्हो कार्य नै गर्नु पर्यो भन्दै आदेश समेत व्यक्त गर्नु भयो।

ढलौटबाट बनेको पूर्ण कदको प्रतिमाको लागत १५ लाख रुपैयाँ रहेको महामानव वी.पी. कोइराला प्रतिमा निर्माण मूल समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं धुलिखेल नगर पूर्व सभापति जितकृष्ण श्रेष्ठले जानकारी दिए ।

२०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका थिए । १२ औं र १३ औं महाधिवेशनमा नगर सभापति निर्वाचित भएका श्रेष्ठको संयोजकत्वमा काम बढेपनि आर्थिक श्रोत जुट्न नसक्दा पुरा भएको थिएन । १४ औं महाधिवेशनबाट निर्वाचित नगर सभापति विदुर बहादुर बस्नेत नेतृत्वले पनि श्रेष्ठकै संयोकत्वमा समिति गठन गरेपछि कामले गति लिएको हो । जिल्ला सभापति तीर्थ लामा नेतृत्वको कार्यसमितिले श्रोत सुनिश्चित गरेर पदलकदमी लिएपछि निर्माण लगायतका कार्य अघि बढेका थिए ।

अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं वी.पी. पुत्र शसांक कोइराला, केन्द्रीय सदस्यहरु मोहन बहादुर बस्नेत, शिवप्रसाद हुमागाई, उमेश श्रेष्ठ, मधु आचार्य, गणेश लामा, जिल्ला सभापति तीर्थ लामा लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।

505
Shares

ट्रेन्डिङ