सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • दोस्रो चरणको निर्वाचनका लागि दलहरु आ-आफ्नै तयारीमा 

दोस्रो चरणको निर्वाचनका लागि दलहरु आ-आफ्नै तयारीमा 

3195
Shares
दोस्रो चरणको निर्वाचनका लागि दलहरु आ-आफ्नै तयारीमा 

मंसिर १३, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलहरू दोस्रो चरणको निर्वाचनमा केन्द्रित भएका छन । २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।

नेपाली कांग्रेस, कम्युनिस्ट गठवन्धन, राजपा लगाएतका दलहरु दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा हुने सभा तथा घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका हुन । उम्मेदवारहरुलाई मतदाताको घरघरमा पुर्याउने रणनिति वनाएको कांग्रेसले चुनावी सभामा पार्टि सभापति लगाएतका शीर्ष नेताहरुलाई खटाउने केन्द्रिय चुनाव परिचालन समितिका संयोजक वालकृष्ण खाणले जानकारी दिनुभएको छ ।

उता कम्युनिस्ठ गठवन्धनले पनि एमाले अध्यक्ष केपी ओली लगाएत माओवादी केन्द्रका शीर्ष नेताहरुलाईनै चुनावी सभामा सम्वोधनका लागि खटाउदै आएको छ । हिजो ३ स्थानमा चुनावी सभा गरेको नेपाली कांग्रेसले मंसिर १४ गतेसम्म चुनावी सभालाई निरन्तरता दिने जनाएको छ भने कम्युनिस्ट गठवन्धन राजपा लगाएतका दलहरुले पनि चुनावी सभालाई निरन्तरता दिने जनाएका छन ।

दलहरुका शीर्ष तहका नेताहरु उम्मेदवार वनेका क्षेत्रहरुमा दोस्रो चरणमा निर्वाचन हुने भएपछि उनिहरुले प्रचार अभियानलाई तीव्र वनाएका छन ।

3195
Shares

ट्रेन्डिङ