सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • भारतमा पत्रकारको हत्या गर्ने सैनिक अधिकारी पक्राउ

भारतमा पत्रकारको हत्या गर्ने सैनिक अधिकारी पक्राउ

3915
Shares
भारतमा पत्रकारको हत्या गर्ने सैनिक अधिकारी पक्राउ

नयाँ दिल्ली,  मङसिर ७, । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गर्ने सैनिक अधिकारीलाई पक्राउ गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको थियो । उनी एक सैनिक जवानको गोली लागेर मारिएका बताइएको थियो ।

त्रिपुरा राज्याको अर्ध सैन्यबलको मुख्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयको अर्ध सैन्य बलका एकजना कनिष्ठ अधिकारीले उनलाई गोली हानेको बताइएको छ । सो मुख्यालयका सैनिक कमाण्डेन्ट अफिसर तपन देव बर्माले आफ्ना अङ्गरक्षकलाई नै ती पत्रकारलाई गोली हान्न आदेश दिएका खुलेको छ । उनका अङ्गरक्षकलाई बुधबार नै पक्राउ गरिएको थियो । उनकै बयानका आधारमा सैनिक अधिकारी बर्मालाई बिहीबार पक्राउ गरिएको समाचरमा जनाइएको छ ।

उनलाई आज नै मुद्दा हेर्ने अधिकारीकोमा उपस्थित गराइएको छ । सुदिप दत्त भौमिक नाम गरेका ४८ बर्षका ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए । उक्त पत्रिका बङ्गाली भाषाको पत्रिका हो । त्रिपुरा प्रहरीले उक्त दुर्घटनाको कारणका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

वरिष्ठ प्रहरी अधिकारी सप्तऋषिले भन्नुभयो– प्रहरी हेड क्वाटरमै यो हत्या कसरी हुन पुग्यो भनेर अनुसन्धान सुरु गरेको छ । सो दैनिक पत्रिकाका सम्पादक सुबल कुमार दायले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति लिएर नै आफ्नो सम्वाददाता सो कार्यालयमा गएको जानकारी दिनुभएको छ । (रासस)

3915
Shares

ट्रेन्डिङ