सबैको समाचार
आइतवार, माघ २०, २०८१
  • होमपेज
  • स्कुलमा नृत्य गर्ने क्रममा एक विद्यार्थीको मृत्यु

स्कुलमा नृत्य गर्ने क्रममा एक विद्यार्थीको मृत्यु

185
Shares
स्कुलमा नृत्य गर्ने क्रममा एक विद्यार्थीको मृत्यु

लमजुङ । बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ ।

कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका–८ को ओमबहादुर तामाङकी १४ वर्षीय छोरी बिन्ती तामाङको शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आगामी पुस २४ गते प्याब्सनको कार्यक्रमको लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा अचानक ढलेर बेहोस भएकी उनलाई लमजुङ अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्युको कारण भने खुलिनसकेको प्रनाउ श्रीवास्तवले बताए ।

185
Shares

ट्रेन्डिङ