बडादशैंको साइत सार्वजनिक, बिहान १०ः१९ बजे टिकाकाे साइत
काठमाडौं, असोज १५ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७७ को विजयादशमीलगायत दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । वि.सं. २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैं सुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत […]