सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कार्ययोजना बनाई विद्यार्थी सिकाई सहजीकरण गर्न धुलिखेल नगरपालिको आग्रह

कार्ययोजना बनाई विद्यार्थी सिकाई सहजीकरण गर्न धुलिखेल नगरपालिको आग्रह

5535
Shares
कार्ययोजना बनाई विद्यार्थी सिकाई सहजीकरण गर्न धुलिखेल नगरपालिको आग्रह

धुलिखेल : धुलिखेल नगरपालिकाले विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको प्रक्रिया र मापदण्ड पालना गरी सिकाई सहजीकरण गर्न अनुरोध गरेको छ । विद्यालय ब्यबस्थापन समिति,शिक्षक अभिभावक संघ अभिभावक तथा शिक्षक स्टाफको बैठक बसी कार्ययोजना बनाउन आग्रह गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा उपसचिब माधव प्रसाद शर्माले जनाकारी दिनुभयो ।

बैठकले विद्यालयमा रहेका कक्षा कोठा, विद्यार्थी संख्या तथा बेन्चको अनुपात मिलाई भौतीक दुरी कायम हुने गरी कार्य योजना बनाउनु पर्ने छ । कुन कक्षामा कुन दिन र कुन समयमा संञ्चालन गर्ने सोको येजना बनाउनु पर्ने शाखाका प्रमुख तथा उपसचिब शर्माले बताउनुभयो ।

हालका लागी वडा नम्बर ९ बाहेकका सबै वडा भित्रका सामुदायीक तथा संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानीहरु अपनाउदै एक बेन्चमा दुई जना मात्र बस्ने ब्यबस्था मिलाउन समेत नगरपालिकाले भनेको छ ।

5535
Shares

ट्रेन्डिङ