सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • भद्रगोलको पाँडे चरित्रमा पाँडे समाजको आपत्ति, मिडिया हबलाई पत्र

भद्रगोलको पाँडे चरित्रमा पाँडे समाजको आपत्ति, मिडिया हबलाई पत्र

5275
Shares
भद्रगोलको पाँडे चरित्रमा पाँडे समाजको आपत्ति, मिडिया हबलाई पत्र

फागुन २८, काठमाडाैं ; नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय हास्य टेलिश्रृंखला भद्रगोलका एक प्रमुख पात्र हुन् ‘पाँडे’ । उक्त पात्रलाई फटाहा र भँडुवाको रुपमा चित्रण गरिदै आएको छ ।तर, उक्त चरित्रप्रति विरोध जनाउँदै हालै पाँडे थर भएकाहरुको संगठन ‘नेपाल पाँडे समाज’ ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । पत्रमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गर्दा समस्त पाँडेहरुको मनमा चोट लागेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पुर्‍याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर पुर्‍याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौं ।’भद्रगोलको उत्पादक मिडिया हबलाई पठाइएको सो पत्रमा पाँडे समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेका छन् । पत्रको वोधार्थ नेपाल टेलिभिजनलाई पनि पठाइएको छ ।

यस विषयमा मिडिया हबका प्रमुख सोम धितालसँग प्रतिक्रिया माग्दा उनले कुनै थर विशेषलाई अपमान गर्ने कुनै मनसाय नभएको बताए । पाण्डे चरित्रले समाजभित्रको एउटा गलत प्रवृत्तिलाई उजागर गर्न मात्र खोजेको उनको भनाइ छ ।‘समाजमा नकारात्मक पात्रहरु पनि हुन्छन् जसलाई हाम्रो कथामा चित्रण गरिन्छ । उनीहरु पनि थरविहीन त हुँदैनन् । त्यसैले यस्ता चरित्रलाई पर्दामा देखाउन कुनै न कुनै थर चाहिन्छ । त्यसो भन्दैमा त्यो थर भएका सबै खराब भन्न खोजिएको हुँदैन । खाली प्रवृत्तिलाई व्यंग्य गर्न खोजिएको हो,’ धितालले भने ।

उनले पाण्डे समाजको पत्र आफूलाई प्राप्त भएको र चाँडै जवाफ पठाउने उल्लेख गरे ।उनी थप्छन्, ‘उहाँहरुको चित्त दुखेको छ भने हामी क्षमा चाहन्छौं । तर हाम्रो कुनै गलत मनसाय होइन । यो चरित्र दर्शकले रुचाउनु भएको छ र यसले निरन्तरता पाउँछ ।’उनले भद्रगोलको कथावस्तुमा भने केही कमिकमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।

पछिल्ला केही एपिसोडमा कथावस्तु अलि अतिरञ्जित भएको विषयमा आफूले भद्रगोलका निर्देशकहरुको ध्यानाकृष्ट गराएको उनी बताउँछन् । पछिल्लो एपिसोडमा बले नामक पात्रले आफ्नी श्रीमतीलाई भीरबाट गुल्ट्याएर मारिदिएको देखाइएको थियो । यस्तो विषयले खराब सन्देश दिएको प्रतिक्रिया आएपछि आफूले टिमलाई सचेत गराएको धितालले बताए । गत शुक्रबार प्रशारित भद्रगोलको सो एपिसोड अहिले ट्रेन्डिङ नम्बर १ मा रहेको छ ।

त्यसो त भद्रगोलका हरेकजसो एपिसोड नम्बर १ ट्रेन्डिङमा आउने गर्छन् । यसका कलाकारहरुले बोल्ने थेगोहरु लोकप्रिय छन् । तर, कथावस्तु भने निरन्तर खस्किरहेको छ । यस टेलिश्रृंखलाको निर्देशन हास्यकलाकारद्वय अर्जुन घिमिरे र कुमार कट्टेलले गरिरहेका छन् । पाँडेको भूमिका अर्जुनले निभाउने गर्छन् ।

 

-अनलाइन खबरबाट

5275
Shares

ट्रेन्डिङ