सबैको समाचार
बुधबार, जेष्ठ २९, २०८२
  • होमपेज
  • महानगर यातायात अब भित्री रुटमा पनि संचालन हुने

महानगर यातायात अब भित्री रुटमा पनि संचालन हुने

5520
Shares
महानगर यातायात अब भित्री रुटमा पनि संचालन हुने

यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ।काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको छ ।

महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ। त्यसको लागि  महानगर थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारीमा छ।
राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चाबहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्क सम्मका रुटमा दुईतर्फी बस सेवा सञ्चालन गर्नेछ।

यी रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिने महानगरका अध्यक्ष धुसुदन अधिकारीले बताए। रासस

5520
Shares

ट्रेन्डिङ