काभ्रे ,१८ असोज : काभ्रेको नमोबुद्धका १८ वर्षिय विजय तामाङले आफ्नै बुबाको हत्या गरेका छन् ।नगरपालिका वडा नम्बर–२ सल्लेनीका ४३ वर्षीय बुबा टेकबहादुर तामाङलाई पिकले हानेर हत्या गरेका हुन ।
पिक प्रहारबाट गम्भीर घाइते तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । घरायसी झगडा भएपछि तामाङले पिक प्रहार गरेका थिए ।हत्यापछि फरार रहेका छोरा विजय तामाङलाई प्रहरीले भकुण्डेबाट पक्राउ गरेका छन् । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।