सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्घाखाँची जीप दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ४ पुग्याे

अर्घाखाँची जीप दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ४ पुग्याे

7660
Shares
अर्घाखाँची जीप दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ४ पुग्याे

अर्घाखाँची – अर्घाखाँची जिल्लाको नुवाकाेटकाे लात्तेबाजमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ । लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको ज्यान गएकाे थियाे ।

दुर्घटनामा परि प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर रानाकाे घटनास्थलमै ज्यान गएकाे थियाे ।

त्यस्तै जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा सन्धिखर्क नगरपालिका डिभर्नाका ३ वर्षीय प्रिन्स श्रेष्ठकाे तथा बुटवलमा प्रिन्सकी ३३ वर्षीया आमा विष्णुमाया श्रेष्ठकाे ज्यान गएकाे प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताउनुभयाे । घाइते ८ जनालाई बुटवल रिफर गरिएको छ भने तीन जनाकाे सन्धिखर्कमा उपचार भइरहेको छ ।

7660
Shares

ट्रेन्डिङ