सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • धुलिखेल ११ को हनुमान माविमा पठनपाठन सुरु, ज्वरो जाँच र सबैलाई फेससिल अनिवार्य

धुलिखेल ११ को हनुमान माविमा पठनपाठन सुरु, ज्वरो जाँच र सबैलाई फेससिल अनिवार्य

8285
Shares
धुलिखेल ११ को हनुमान माविमा पठनपाठन सुरु, ज्वरो जाँच र सबैलाई फेससिल अनिवार्य

धुलिखेल, १३ असोजः काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान माविले पठनपाठन सुरु गरेको छ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक देवीप्रसाद ढुंगानाले बताउनुभयो ।

कक्षा कोठामा प्रवेश गर्नु पहिले विद्यालयको गेटमै सबै बालबालिकाको ज्वरो जाँच गर्ने ब्यवस्था मिलाइएको छ । कक्षा कोठामा बस्दा सबै बालबालिकाले नाक, मुख छोप्ने गरी फेससिल लगाउने गरेका छन् । शिक्षकहरुले पनि कक्षा कोठामा पढाउन जाँदा फेससिल अनिवार्य लगाउनु पर्ने ब्यवस्था गरिएको छ ।

‘बालबालिका र शिक्षकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालन गरेर विद्यालय सञ्चालन गरेका हौँ, प्रधानापक ढुंगानाले भन्नुभयो ‘कक्षा कोठामै बसेर पढ्न पाउँदा बालबालिका पनि खुशी छन् ।’

बालबालिकालाई कक्षाकोठा भित्र पनि भौतिक दुरी कामय गरेरै राख्ने गरिएको छ । बालबालिका र शिक्षकहरुका लागि फेससिल, मास्कका लागि वडा कार्यालय ५० प्रतिशत आर्थिक सहयोग गरेको हो । त्यस्तै ज्वरो नाप्ने थर्मल मेसिन नगरपालिकाले सहयोग गरेको प्रधानाध्यापक ढुंगानाले बताउनुभयो । हनुमान माविले यसअघि टोल टोलमै पुगेर बालबालिकाको सिकाईलाई सहजीकरण गर्दै आएको थियो ।

अहिले कक्षा ४ देखि १० सम्मका बालबालिकालाई पठनपाठन गर्ने ब्यवस्था मिलाइएको छ । सबै कक्षाका एकैपटक आउँदा भिड हुने र भौतिक दुरी कायम राख्न समस्या हुने भएकाले बार तोकेर पठनपाठन गर्ने ब्यवस्था मिलाइएको छ । कक्षा ४, ६ र १० का बालबालिका आइतबार र बुधबार पढ्न विद्यालय पुग्छन् । त्यस्तै कक्षा ५, ८ र १० बालबालिकाका लागि सोमबार र मंगलबार छुट्याइएको छ । बिहीबार र शुक्रबार कक्षा ७, ९ र १० का बालबालिकालाई तोकिएको प्रधानाध्यापक ढुंगानाले बताउनुभयो ।

विद्यालयमा कक्षा १ देखि १० सम्म १ सय ५० भन्दा बढी बालबालिका रहको छन् । विद्यालयमा १८ जना शिक्षक रहेका छन् । कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाई सहजीकरण गर्ने बारेपनि छलफल भइरहेको प्रधानाध्यापक ढुंगानाले बताउनुभयो ।

8285
Shares

ट्रेन्डिङ