सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका कुखुरापालक कृषकहरु आन्दोलित  वाईवाको नेतृत्वमा ३३ सदस्यीय संघर्ष समिति गठन

काभ्रेका कुखुरापालक कृषकहरु आन्दोलित  वाईवाको नेतृत्वमा ३३ सदस्यीय संघर्ष समिति गठन

5620
Shares
काभ्रेका कुखुरापालक कृषकहरु आन्दोलित  वाईवाको नेतृत्वमा ३३ सदस्यीय संघर्ष समिति गठन

सन्तोष तिमल्सिना

काभ्रे, मंसिर , 2 ,    कुखुराको उचित मूल्य नपाएपछि काभ्रेका कुखुरापालक कृषकहरु आन्दोलित भएका छन । दानाको मूल्य बढेसंगै कुखुराको मूल्य घटेकाले कृषकहरुले घाटा बेहोर्न बाध्य भएकाले किसानहरु आन्दोलित भएका हुन । ह्यचरी ब्यवसायीहरुले मनोमानी ढंगबाट दाना र चल्लाको मूल्य बढाउने र कुखुराको मूल्य घटाएका कारण किसानहरुको लगानी समेत नउठ्ने परिस्थितीको सिर्जना भएपछि काभ्रेका कुखुरापालक कृषकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन ।

कुखुरा पालन ब्यावसाय संचालनको लागत खर्च बढी र विक्रि मूल्य कम भएपछि काभ्रेमा पोल्ट्री ब्यवसाय संचालन गर्ने किसानहरु संगठित भएका छन । काभ्रेको बनेपामा कुखुरापालक कृषकहरु भेला भई कुखुराको वैज्ञानिक मूल्य निर्धारण हुनु पर्ने माग राखी आन्दोलन गर्ने घोषणागरेका छन । भेलाले बेथानचोकका लक्ष्मण वाईवाको संयोजकत्वमा ३३ सदस्यीय संघर्ष समितिको गठन गरेको छ । कुखुराको मूल्य वैज्ञानिक ढंगबाट निर्धारण हुनु पर्छ र किसानहरुको लगानी सुनिश्चिताको लागि काभ्रेली कुखुरापालक संघर्ष समिति गठन गरिएको हो ।

कुखुरा व्यवसायी संघले किसानको मर्म र भावना विपरित मनोमानी ढंगबाट दानाको मूल्य बढाउने र कुखुराको मूल्य घटाउने प्रवृतिको हावी भएका कारण वास्तविक किसानले जहिले पनि घाटा बेहोर्नु पर्ने अवस्था रहेकाले हामी आन्दोलनमा उत्रिएका हौं । आफ्नो ब्यावसाय सुनिश्चिता नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका अध्यक्ष लक्ष्मण वाईबाले बताए । कुखुराको वैज्ञानिक पद्धतीबाट मूल्य निर्धारण हुन नसक्दा दिनरात कुखुराको खोरमा पसिना बगाउने किसानहरु मर्कामा परेका छन । कुखुराको मूल्य निर्धारणमा वास्तविक किसानले गर्न पाउनु पर्छ, हैन भने सरकारले किसानले कुखुरापालनमा गरेको लगानीको उचित प्रतिफल पाउने गरी कुखुराको न्यूनतम मूल्य निर्धारण गर्नु पर्छ भन्ने हाम्रो माग हो ।’ उनले भने ।

काभ्रेका कुखुरा पालक कृषकहरुले दानाको मूल्य घटाउनु पर्ने माग राख्दै दाना ब्यवसायीहरुसंग एक चरणको छलफल गरिसकेको र यस बिषयमा उनीहरु खासै सकरात्मक देखिएका छैनन् । किसानले कुखुराको उचित मूल्य नपाएसम्म आफ्नो खोरमा चल्ला नहाल्ने चेतावनी समेत दिएका छन । वैज्ञानिक ढंगबाट कुखुराको मूल्य निर्धारण नगरे हामी पनि उनीहरुका उत्पादन केही पनि प्रयोग गर्दैनौ । हामीले हाम्रो खोर खाली राख्न पाउँदैनौ र ? कुखुरा पालक किसानहरुले चल्ला र दाना नै लिदैनन् भने कम्पनीले दाना चल्ला जहाँसुकै लगेर बेचोस त्यो हामीलाई मतलब छैन श्री आलकाडाडा कृर्षी फार्मका संचालक धु्रर्व सापकोटाले आक्रोस पोखे ।

नेपालमा बोइलर कुखुराको मासुको माग स्वदेशी उत्पादनबाट नै परिपूर्ती भईरहेका बेला किसानहरुलाई कुखुरापालन पेशा प्रति अभिप्रेरीत हुने खालका कार्यक्रमहरु सरकारले अघि नबढाए राज्यले ठूलो नोक्सान बेहोर्नुपर्ने किसानहरुले बताए । स्वदेशी उत्पादनलाई उत्प्रेरीत गर्दै कुखुरा पालन कृषकहरुलाई आत्मनिर्भर बनाउने खालका परियोजना राज्यले तत्काल अघि सार्न नसके अबको केही बर्षमा नेपाल कुखुराको मासु समेत विदेशबाट आयात गर्नुपर्ने अवस्थामा पुग्न सक्छ । यस बारे सरकारले सोच्न जरुरी छ । अहिले बोइलर कुखुरा बेच्दा कसानले प्रति केजी १८५ रुपैयाँ पाउँछन जबकी चल्ला, दाना, औषधी, विजुली गरेर २१० देखी २२० रुपैयाँसम्म किसानको खर्च भएको छ । यो मूल्य समायेजन नहुँदा किसानले प्रति केजी ३५ देखी ४० रुपैयाँसम्म घाटा बेहोर्न बाध्य छन । त्यस माथी पनि भनेको बेलामा कुखुरा विक्री नहुने र ढुवानी दर पनि मनपरी ढंगले असुल्ने गरेका छन । यति हुँदा पनि नियमनकारी निकाय मुकदर्शक भएर बसेको पोल्ट्री ब्यवसायी दिपेन्द्र पौडेलले बताए ।

 

किसानले खोरमा चल्ला हाल्ने बेलामा चल्लाको मूल्य बढाउने र बिक्रि गर्ने बेलामा कुखुराको मूल्य घटाउने, सस्तोमा कुखुरा लिएर कोल्ड स्टोर गर्ने किसानले कुखुरा बेचिसकेपछि फेरी कुखुराको मूल्य बढाएर मालामाल हुने प्रवृतिका विरुद्धमा हामी कुखुरा पालक कृषकहरु एकजुट भएका छौं । अब कुखुराको मूल्य कि त सरकारले मूल्य निर्धारण गरी दिनु प¥यो हैन भने किसानले तोकेको भाउमा कोल्डस्टोरले खोरमै आएर कुखुरा उठाउनु प¥यो । अब हामी ज्यादती सहन सक्दैनौं । संघर्ष समितिका संयोजक लक्ष्मण वाईवाले जानकारी दिए ।

5620
Shares

ट्रेन्डिङ