सबैको समाचार
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • कृषि उत्पादन र कृषकलाई थप समृद्ध बनाउछ :- सचिव शर्मा

कृषि उत्पादन र कृषकलाई थप समृद्ध बनाउछ :- सचिव शर्मा

देशभरका कृषि अधिकृत र किसान लाई तालिम

635
Shares
कृषि उत्पादन र कृषकलाई थप समृद्ध बनाउछ :- सचिव शर्मा

काभ्रे :- जिल्लाको पनौती वडा नं. १० खोपासीमा रहेको रेसम विकास केन्द्रमा आयोजना गरिएको ३ दिने बाली प्रशिक्षण प्रशारण गरिएको छ।
अधिकृत स्तरका कृषि अधिकृतसहित आम कृषकलाई समेत शत्रुजीव व्यवस्थापनबारे प्रशिक्षणसँगै प्रमाणपत्र पनि वितरण गरिएको हो।
२०८१/१२/१९ गतेदेखि सञ्चालन गरिएको तालिमको आज प्रमाणपत्र वितरणसँगै समापन गरिएको हो।

गोलभेंडाको खेतीमा लाग्ने रोग र शत्रुजीव व्यवस्थापनसँगै देशभरका अधिकृतहरूलाई पनि प्रशिक्षण दिइएको हो।
तीनै तहका कृषि अधिकृतहरूले IPM तालिम लिँदै १८ जना अधिकृतले ४ स्थानमा तालिम सञ्चालन गरेका थिए। यसबाट १०० जना किसानले गोलभेंडाको खेती र यसको शत्रुजीव व्यवस्थापन गर्न सिकेका थिए।

तीनै तहका सरकारका कृषि अधिकृतहरूले किसानहरूलाई यो तालिमपछि कृषि मैत्री बनाउनका लागि थप प्रोत्साहन दिने र कृषिप्रधान देशका किसानलाई समृद्ध बनाउन यस्ता तालिमले सहयोग पुग्नेमा मन्त्रालय विश्वस्त रहेको कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले प्रमाणपत्र वितरण गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा मन्त्रालयका निर्देशक, कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख, रेसम विकास केन्द्रका प्रमुखसहित किसान र प्रशिक्षार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।


७५ दिने तालिम भने पनौती वडा नं. १२ खोपासीमा सञ्चालन भइरहेको थियो ।

635
Shares

ट्रेन्डिङ