सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • हिजो रातिदेखि अवरुद्ध अरनिको राजमार्ग सडक एकतर्फी खुल्यो, अझै पनि यात्रुहरुलाइ सस्थी

हिजो रातिदेखि अवरुद्ध अरनिको राजमार्ग सडक एकतर्फी खुल्यो, अझै पनि यात्रुहरुलाइ सस्थी

970
Shares
हिजो रातिदेखि अवरुद्ध अरनिको राजमार्ग सडक एकतर्फी खुल्यो, अझै पनि यात्रुहरुलाइ सस्थी

काभ्रे :- जिल्लास्थित अरनिको राजमार्ग अविरल वर्षाका कारण धुलिखेल नगरपालिका–८ क्षेत्र पहिरो र सडक हिलाम्य हुँदा अरनिको राजमार्ग गए राती देखि एक तर्फी सन्चालनमा छ ।

ट्राफिक प्रहरीका अनुसार हिजो राती ९ बजे देखि अबरुद्ध सडक एक अहिले भने एक तर्फी सन्चालनमा आएको हो । पहिरोले र हिलाम्य सडकले गर्दा राजमार्गमा दुईतर्फी यातायात सञ्चालन गर्न नसकिएको हो ।

प्रहरी, स्थानीय निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको अस्थाई प्रहरी पोस्ट खावामा कार्यरत ट्राफिक प्रहरी उमेश थपलियाले जानकारी दिनु भयो ।

अरनिको राजमार्ग अन्तरगत धुलिखेल खावा सडक स्थरउनन्तीको समय सिमा सकिएको समेत ५ महिना वितिसकेको छ। गत फाल्गुन १९ मा गौरी पार्वती निर्माण सेवा प्रा लि ले सम्झौता बमोजिम पाएको समय सम्म सकिएको हो । भने गौरी पार्वतीले दैनिक ८५ हजार बराबर हर्जना तिरेर निर्माण कार्य गर्दै आएको भए पनि सडक निर्माणले भने गति लिन सकेको छैन ।

सडक निर्माणमै लापरबाही गर्नाले अरनिको राजमार्गको धुलिखेल खावा ४ किलो मिटर सडकको अवस्था दयनिय बनेको छ । यात्रुहरु भने धुलिखेल सम्म हिड्न बाध्य छन । भने गएराती देखि सवारी जाम कायम छ ।

970
Shares

ट्रेन्डिङ