सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • नमोबुद्ध नगरपालिकाले आगामी ८० करोड ३२ लाख २३ हजारको बजेट प्रस्तुत

नमोबुद्ध नगरपालिकाले आगामी ८० करोड ३२ लाख २३ हजारको बजेट प्रस्तुत

960
Shares
नमोबुद्ध नगरपालिकाले आगामी ८० करोड ३२ लाख २३ हजारको बजेट प्रस्तुत

काभ्रे :- नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ का लागि कुल ८० करोड ३२ लाख २३ हजार १ सय ५० रुपैयाँ अनुमानित आय प्रक्षेपण गर्दै आगामी वर्षको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाले वित्तीय सन्तुलन कायम गर्दै विभिन्न शीर्षकहरूमा रकम विनियोजन गरेको छ। चालु खर्च शीर्षकमा मित्रको सन्तुलन अनुरूप रु. १८ करोड ३२ लाख २६ हजार ५ सय ३१ छुट्याइएको छ। नगरपालिकाले यसपटक बजेटमा विकासका प्रमुख प्राथमिकताहरू, सामाजिक सेवा सुधार, पूर्वाधार निर्माण, र नगरवासीको आर्थिक स्तर उकास्ने उद्देश्यलाई समावेश गरेको छ।

नगरपालिकाले विभिन्न शीर्षकका अनुदान र राजस्व संकलनबाट आयको अपेक्षा गरेको छ। यसमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, प्रदेश सरकारका अनुदान, स्थानीय कर, तथा अन्य विविध आयको स्रोतहरू समावेश छन्।

नगरपालिकाले यसपटक बजेटमा आम्दानीको सन्तुलन मात्र कायम गरेको छैन, नगरवासीको प्रत्यक्ष जीवनस्तर सुधारका लागि दीर्घकालीन योजना पनि अघि सारेको छ। प्रमुख योजनाहरूमा सडक निर्माण, खानेपानी आपूर्ति, स्वास्थ्य सेवा विस्तार, तथा शिक्षा सुधार रहेका छन्।

नगर प्रमुखका अनुसार, “यस बजेटले नमोबुद्ध नगरपालिकालाई आर्थिक, सामाजिक र पूर्वाधार विकासमा नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

960
Shares

ट्रेन्डिङ