सबैको समाचार
शनिबार, साउन १६, २०८३
  • होमपेज
  • घट्यो डिजेल र मट्टितेलको मूल्य

घट्यो डिजेल र मट्टितेलको मूल्य

11780
Shares
घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, असोज १५ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसनबाट केही मूल्य घटेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार डिजेल र मट्टितेल दुवैमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ।

जसअनुसार अब दुवैको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ। घटेकाे मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएकाे छ। पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।

हाल मूल्य समायोजनपश्चात पनि भारतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल प्रतिलिटर ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको निगमको दावी छ।

11780
Shares

ट्रेन्डिङ