सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पनौती नगरपालिकाद्धारा कृषि कार्यक्रम तथा औजारका लागी किसान संग निबेदन माग

पनौती नगरपालिकाद्धारा कृषि कार्यक्रम तथा औजारका लागी किसान संग निबेदन माग

7190
Shares
पनौती नगरपालिकाद्धारा कृषि कार्यक्रम तथा औजारका लागी किसान संग निबेदन माग

काभ्रे : पनौती नगरपालिकाले कृषि कार्यक्रम तथा औजारका लागी नगरका किसान संग निबेदन माग गरेको छ । नगरपालिकाको कृषि तथा पशु पंक्षी शाखाले आर्थीक वर्ष ०७७-७८ मा ४० देखी ६० प्रतिशत सहकार्यमा संञ्चालन गर्न लागेको कृषि कार्यक्रम तथा औजारका लागी निबेदन माग गरेको शाखाका प्रमुख मणि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५ सय र एक हजार लिटर क्षमताको चिलिङ भ्याट,मिल्क एनालाईजर,मोटर सहितको भुसा काट्ने मेसीन,मिनिटिलर,मकै छोडाउने ईलेक्ट्रीक मेसिन,आलु खन्ने तथा ड्याङ बनाउने मेसिनका लागी किसानले प्रस्ताव पेश गर्न सक्ने छन् । यस्तै धान,गहुँ चुट्ने मल्टीक्रप पावर थ्रेसर र प्याडल थ्रेसर, पानी तान्ने डिजेल र पेट्रोल पम्प सेट,बाली गोड्ने तथा घाँस काट्ने ब्याकप्याक विडर मेसिन, प्लाष्टीक टनेल, ईलेक्ट्रीक स्प्रेयर, आलुको बीउ राख्ने जाली बोरा, दुई सय के जी क्षमताको डिजिटल तराजु बितरण लगायतका कार्यक्रम रहेका छन् ।

यसैबिच नगरपालिकाले कोभिडका कारण रोजगारी गुमाएका,बैदेशीक रोजगार बाट फर्केका युवाहरुको माग बमोजीम युवा लक्षीत कार्यक्रम तथा प्रस्तावमा आधारीत कार्यक्रम रहेको जनाएको छ । यस्तै आई पि एम कृषक पाठशाला, सुन्ताला जात बगौचा ब्यबस्थापन,पुष्प खेती बगौचा प्रवर्धन, अर्गानीक खेती प्रवर्धन, उच्च मुल्यका फलफुलका बिरुवा बितरण, मल्चिङ प्रविधि डेमो कार्यक्रमहरु रहको शाखाका प्रमुख सापकोटाले बताउनुभयो ।

साथै साना सिंचाई मर्मत तथा पाईप बितरण,थोपा सिंचाई प्रविधि कार्यक्रम, अलैची बाली सुधार कार्यक्रम, धान,अदुवा बेसार पकेट क्षेत्र बिस्तार, हिउदे तथा वर्षे घाँस श्रोत केन्द्र स्थापना तथा टि पि एस आलु बिउ बितरण लगायतका कार्यक्रम रहेको नगरपालिकाको कृषि तथा पशु पंक्षी शाखाले जनाएको छ । नगरपालिका क्षेत्रभित्रका किसान, कृषक समुह,सहकारी, ब्यवसायीक फर्म तथा संघ संस्थाहरले आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न सक्ने बताईएकोे छ ।

7190
Shares

ट्रेन्डिङ