सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बीपी राजमार्गमा कोरोना परीक्षणमा कडाई

बीपी राजमार्गमा कोरोना परीक्षणमा कडाई

3990
Shares
बीपी राजमार्गमा कोरोना परीक्षणमा कडाई

 

 

काभ्रेको रोशी गाउँपालिकाले मंगलटारमा हेल्थ डेक्स सञ्चालन गरेर को रो ना परीक्षणलाई कडाई गरेको छ ।

हेल्थ डेक्स मार्फत ४९ जनाको एन्टिजिनबाट चेकजाँच गरिसकेको गाउँपालिकाले जनाएको छ । जसमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

चालक, सह-चालकलाई लक्षणका आधारमा जाँच गर्ने गरिएको छ । मंगलटार बीपी राजमार्ग हुँदै तराई र पूर्वे पहाडी जिल्ला आउजाउ गर्ने नाका पनि हो ।

केहीदिन अघि धुलिखेलमा बसेको जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसीएमसी) को बैठकले दोलालघाट र मंगलटारमा हेल्थ डेक्स सञ्चालन गरेर कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो ।

दोलालघाटमा पनि भुम्लु गाउँपालिकाले हेल्थ डेक्स सञ्चालन ल्याइसकेको छ ।

 

3990
Shares

ट्रेन्डिङ