सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बागलुङ गोल्डकप’को उपाधि विष्णुपादुकालाई

बागलुङ गोल्डकप’को उपाधि विष्णुपादुकालाई

4185
Shares
बागलुङ गोल्डकप’को उपाधि विष्णुपादुकालाई

दलित युवा सञ्जाल बागलुङले आयोजना गरेको बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को उपाधि विष्णुपादुका युवा क्लब हेम्जा कास्कीले हात पारेको छ ।
स्थानीय बाङ्गेचौर खेल मैदानमा शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा ‘फ्युचर ब्राइटर स्र्पोट क्लब’ (पहेँलो) बागलुङ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै विष्णुपादुकाले उपाधि चुमेको हो ।
उपाधिसँगै विष्णुपादुकाले नगद रु एक लाख पुरस्कार पाएको छ । उपविजेता फ्युचार ब्राइटरले नगद रु ५० हजार प्राप्त गरेको छ । माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, फरवार्डर, अनुशासित टोली र प्रशिक्षकलाई समेत नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइने अध्यक्ष राजकुमार बोसेलले बताउनुभयो । प्रतियोगिता चलाउन करिब १२ लाख खर्च भएको आयोजकले जनाएको छ । रासस

4185
Shares

ट्रेन्डिङ