सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जिउँदो सहिद मुकेशको २७ औं जन्मउत्सव मनाइयो

जिउँदो सहिद मुकेशको २७ औं जन्मउत्सव मनाइयो

4080
Shares
जिउँदो सहिद मुकेशको २७ औं जन्मउत्सव मनाइयो

धुलिखेल, ९ भदौ । दोस्रो जनआन्दोलन २०६२/६३ का क्रममा घाइते भएका जिउँदो सहिद मुकेश कायस्थले २७ औं जन्मउत्सव शुक्रबार मनाएका छन्। बनेपाको तीन दोबाटोमा रहेको उनले अध्ययन गरेको विद्यालय विद्या सागर स्कूल र मुकेश कायस्थ प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी उनको जन्म दिन मनाएको हो। कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री तथा काभ्रे क्षेत्र नं. ३ का सांसद कञ्चनचन्द्र बादे, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे, बनेपा नगरपालिकाका उपप्रमुख रेखा दाहाल, नेपाल रेडक्रस सोसाइटी काभ्रेका अध्यक्ष रघुवर चौप्रधान र साहित्यकार मोहन दुवाल लगायतले कायस्थलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सरकारले कायस्थलाई उचित सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिए।

कायस्थका आमा मिरा कायस्थले मुकेशको बाल्य अवस्था र जनआन्दोलन पछिको अवस्थाबारेमा उपस्थितिहरुलाई सो अवसरमा जानकारी गराइन्। २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका उनी जनआन्दोलनका बेला १५ वर्षका थिए। जनआन्दोलनका क्रममा अचेत बनेका बनेपाका मुकेश कायस्थको स्वास्थ्यस्थिति अझै सामान्य हुन सकेको छैन। उनी अझै पनि अभिभावकले खाना खुवाउने र सरसफाइ गर्नुपर्ने अवस्थामा छन्।

-थाहा खबर बाट

4080
Shares

ट्रेन्डिङ