कोरोनाविरूद्ध आजदेखि खोप अभियान सुरू
काठमाडौं, माघ १४ : सरकारले आजदेखि कोरोनाविरूद्ध खोप अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एक कार्यक्रमका बीच खोप अभियानको सुरूवात गर्ने कार्यक्रम छ। सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरू, शव व्यवस्थापनमा खटिएकाहरू, सरसफाइकर्मी, एम्बुलेन्स चालकलाई कोरोनाविरूद्ध खोप लगाउँदैछ। भारत सरकारले अनुदानमा दश लाख डोज कोभिसिल्ड खोप दिएको थियो। स्वास्थ्य तथा जनसंख्या […]