सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पूर्वमन्त्री बास्कोटा आफ्नो निर्वाचन क्षेत्रमा ब्यस्त (भिडियो)

पूर्वमन्त्री बास्कोटा आफ्नो निर्वाचन क्षेत्रमा ब्यस्त (भिडियो)

7270
Shares
पूर्वमन्त्री बास्कोटा आफ्नो निर्वाचन क्षेत्रमा ब्यस्त (भिडियो)

काभ्रे : पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा आफ्नो निर्वाचन क्षेत्रमा ब्यस्त हुन थाल्नुभएको छ । उहाँले मतदाता भेट्ने र विकास निर्माणका विषयमा आम नागरिकको भावना बुझ्ने प्रयास गरिरहनुभएको हो ।

भिरपाकामा घाँस दाउरा गरिरहेका, मेलापातमा खटिएका किसानसँग बोल्ने, सुख, दुःखको कुरा बुझ्ने देखि निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधिसँग समेत उहाँ दैनिक जसो गाउँ डुल्ने गर्दै आइरहनुभएको छ । सेक्यूरेटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घोटला गर्न लागेको आरोप लागेपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

राजीनामापछि केहि महिना लगभग गुमनाम जस्तै देखिनुभएका बास्कोटा प्रधानमन्त्री केपी ओली गएको पुस ५ गते प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन क्षेत्रमा केन्द्रित हुनुभएको हो ।

छोटो समयकै लागि भएपनि सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका बास्कोटाले संघीय निर्वाचिन क्षेत्र नम्बर २ मा अहिलेसम्म हुन नसकेको विकास आफुले गरेको दाबी गर्दै आइरनुभएको छ । उहाँ मन्त्री भएपछि काभ्रे जिल्लामा विकासको मुल फुटेको समेत निकटष्तहरुले बताउने गरेका छन् ।

7270
Shares

ट्रेन्डिङ