काभ्रे :करिब दुई साता अघि पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटा पाँचखाल नगरपालिका वडा नम्बर १२ मा ओली समूहको वडा कमिटीमा पुगे । त्यहाँ उनले नगरपालिकाले केहि नगरेको तथ्य प्रस्तुत गरे ।
पुलदेखि सडक पिच, विशेष आर्थिक क्षेत्र निर्माणमा भइरहेको अवरोध समेत आफुले फुकाएको दाबी गरे । नगरपालिकाका मेयर महेश खरेलले गाउँको विकास गर्न समेत काँग्रेसको सदस्यता लिन बाध्य पारेको बाँस्कोटाले बताए ।
बाँस्कोटाले आफ्नो नगरपालिकाभित्र आएर आफ्नै विरोध बोल्दा लगभग चुपचाप बसेका मेयर खरेलले बाँस्कोटाका भनाइ प्रति कटाक्ष गर्दै झुट बोलेर नहिड्न चेतावनी दिएका छन् । मेयर खरेलले बाँस्कोटालाई पाँचखालको कुनै पनि वडामा सदस्यको टिकट लिएर जितेर देखाउन समेत चुनौती दिएका छन् ।
थप भिडियोमा :