सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • राष्ट्रपतिलाई भेट्न सभामुख शीतल निवासमा

राष्ट्रपतिलाई भेट्न सभामुख शीतल निवासमा

5590
Shares
राष्ट्रपतिलाई भेट्न सभामुख शीतल निवासमा

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ। राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती बिहीबार दिउँसो शीतलनिवास पुग्नुभएको थियो। आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेकपा ९माओवादी० केन्द्रका शीर्ष नेतासँग छलफल गरी उहाँ राष्ट्रपति भण्डारीलाई भेट गर्न शीतलनिवास पुग्नुभएको थियो।
व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो। ‘महाअभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ्ने र दलका सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको सभामुखले राष्ट्रपतिलाई भेटमा जानकारी गराउनुभयो।’ उहाँले भन्नुभयो। रासस

5590
Shares

ट्रेन्डिङ