हाल सम्म तेमालका २९ वटा विद्यालयमा अनुगमन
तेमाल गाउँपालिकामाविद्यालय अनुगमनको काम जारी रहेको छ ।हालसम्म २९ वटा विद्यालयमा अनुगमन गरिएको उपाध्यक्ष दुर्गामायाँ तामाङले जानकारी दिनुभयो । गाउँपालिकामा विद्यालय सञ्चालनमा आएसँगै पालिकाले अनुगमन कार्य सुरु गरेको हो । विद्यालयमा अपनाइएको स्वास्थ्य सुरक्षाका मापदण्ड, भौतिक दुरी, विद्यार्थी तथा शिक्षकको उपस्थिती र कक्षा सञ्चालनमा आइपरेको समस्या र योजनाको बारेमा अनुगमन गरिएको उपाध्यक्ष तामाङले बताउनुभयो । […]