थामेको उद्दारमा खराब मौसम बाधा, क्षतिको विवरण थपिँदै
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रको बाढीमा फसेका छ जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता भएको आशंका छ । दिउँसो अचानक आएको बाढीले १६ वटा घर बगाएको छ । त्यस्तै, एउटा विद्यालय, एउटा क्लिनिक र एउटा होटल पूर्ण रुपमा क्षति भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी […]