काभ्रे :- जिल्लाको पनौती नगरपालिका वडा न ४ दूध मिल पछाडी खेतमा एक महिला मृत फेला परेकी छन ।
आज विहान ६:१५ बजे पनौती नगरपालिका -४ दुधमिल पछाडि खेतको आली छेउमा बनेपा नगरपालिका वडा- ११ सल्ले घर भई हाल पनौती नगरपालिका वडा न -४ कुमारी बैंक पछाडि डेरा गरी बस्ने वर्ष ३५ की शान्ति तामाङ रहेको काभ्रे प्रहरीले जानकारी गराएको हो ।
मृतक शान्ती नै भएको निजको छोरा १५ बर्षको सञ्जय तामाङले सनाखद गरेको काभ्रे प्रहरीको सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिएका हुन । प्रहरीका अनुसार मृतक शान्ती घोप्टो अवस्थामा मृत फेला परेकी हुन भने घटनबारे थप अनुसन्धान कार्य भइरहेको जनकारी गराएका छन।